‘एमाले महाधिवेशन तमासा’

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ६ : १६


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको महाधिवेशनलाई तमासाको संज्ञा दिएका छन्।

फरक मत राख्नेलाई अपमान गर्ने र जनवादी अधिकार प्रदान नगर्नेजस्ता हर्कत गरेर एमालेले तमासा मात्र देखाएको नेपालको भनाइ छ।

सोमबार राष्ट्रिय जनसांस्कृति महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलन जोगाउनकै लागि आफूहरूले एमालेबाट विद्रोह गरेको बताए। साथै उनले अब कम्युनिष्ट आन्दोलनमा एमालेले योगदान गर्न नसक्ने पनि उल्लेख गरे।

‘हामीले एमालेबाट किन विद्रोह गर्‍यौं भनेर भन्नै नपर्ने भयो। चितवनको तामासा नै पर्याप्त छ। त्यहाँ फरक मत राख्ने व्यक्तिमाथि जसरी अपमान भइरहेको छ, त्यो नै पर्याप्त छ। जबजको गफ हाँक्ने, कुनै जनवादी अधिकार प्रदान नगर्ने र आदेशको मात्रै पालना गराउने प्रवृत्तिले स्पष्ट पार्छ कि अब एमाले दक्षिणपन्थी बाटोमा गइसकेको छ’, नेपालले भनेका छन्।


प्रतिक्रिया दिनुहोस्