राप्रपा अध्यक्षमा लिङ्देनलाई डा. लोहनीको समर्थन, भनेः नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : ५५


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने बताएका छन्।

मंसिर १५ देखि हुने महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गर्दै लोहनीले सोमबार नयाँ पुस्तलाई नेतृत्व हस्तान्तरन गरिनुपर्ने बताएका हुन्।

हाल नयाँ नेतृत्व चयनका लागि राप्रपा अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्।

लोहनीले आफ्नो समर्थन राजेन्द्र लिङ्देनलाई हुने बताउँदै अहिलेको तीनैजना अध्यक्षले नेतृत्वमा दाबी गर्न नहुने धारणा राखे।

उनले भने, ‘कमल थापाले १५ वर्ष पार्टी चलाउनुभयो, पशुपतिशम्शेर जबराले २० वर्ष चलाउनुभयो, अब मलाइ चलाउन दिनुस् भनेको थिएँ’ उनले भने, ‘मलाइ चलाउन नदिने भएपछि हामी तिनै जना दोहोर्‍याउनुहुँदैन, नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्छ।’


प्रतिक्रिया दिनुहोस्