राखेपको सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : ४४


काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन्।

सोमबारको मन्त्री परिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनी नेपाल रग्वी संघको अध्यक्ष तथा नेकपा माओवादी बागमती प्रदेशको सचिवालय सदस्य हुन्।

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको प्रस्तावमा मन्त्री परिषदले घिसिङलाई सदस्य सचिवमा चार वर्षको लागि नियुक्त गरेको हो।

घिसिङले मंगलबार पद तथा गोपनियताको सपथ लिने सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्