चीनको सिनोभ्याकले भन्योः हामी नयाँ ‘ओमिक्रोन’ भेरियन्टको भ्याक्सिन बनाउन सक्छौं

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : ०४


विश्वभर यतिबेला कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको त्रास बढेको छ।

दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको यो भेरियन्टले विश्वभर उच्च जोखिम निम्त्याउनसक्ने भन्दै विश्व स्वास्थ्य संगठन डब्लूएचओले आज सोमबार सतर्क रहन सुझाव दिएको छ।

डब्लूएचओले प्रारम्भिक अनुसन्धान गर्दा नै यो भेरियन्टलाई खतरनाक भएको बताएको हो। उसले यस भेरियन्टबारे थप अनुसन्धान सुरुवात गरिसकेको छ।

वैज्ञानिकहरुले यो भेरियन्टलाई हालसम्म बनेका कोरोना खोपले काम नगर्ने पनि आंकलन गरिरहेका छन्। यसबीचमा चिनको फर्मास्युटिकल कम्पनी सिनोभ्याकले आफूले ओमिक्रोनको लागि खोप बनाउनसक्ने बताएको छ।

सिनोभ्याक चीनको त्यो औषधि उत्पादक कम्पनी हो जसले विश्वभर सबैभन्दा बढी खोप वितरण गरेको छ।

भेरोसेल खोप बनाउने सिनोभ्याकले यदी चाहिएको खण्डमा आफूले ओमिक्रोनको लागि नयाँ खोप बनाउनसक्ने बताएको हो।

यो ज्यादै संक्रामक र खतरनाक हुनसक्ने वैज्ञानिकको अनुमान छ। दक्षिण अफ्रिकामा यो भेरियन्ट भेटिएकाले विश्वका दर्जनौं राष्ट्रले सो देशमा भ्रमण प्रतिबन्ध लगाएको छ।

४४ राष्ट्रले औपचारिक रुपमा दक्षिण अफ्रिकामा भ्रमण प्रतिबन्ध लगाइसक्दा यही भेरियन्टको त्रासका कारण जापानले विदेशी नागरिकलाई जापानमा प्रवेश निषेध गरेको छ। एससीएमपी


प्रतिक्रिया दिनुहोस्