नेप्से आज पनि ओरालो, २१ अंकको गिरावट हुँदा ४ अर्ब बढीको किनबेच

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ३ : ३१


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पनि गिरावट आएको छ।

नेप्से परिसुचक आज २१.५१ अंकले घटेर २६२९.९७ को बिन्दुमा बजार बन्द भएको छ।

राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षापछि खुला भएको बजारमा आइतबार ८० अंक बढीको गिरावट आएको थियो। आज दोस्रो दिन पनि २१ अंकले बजार घटेको हो।

यसदिन समग्र नेप्सेमा ४ अर्ब बढीको कारोबार भएको छ। आज हाइड्रो बाहेक सबै उपसुचक राताम्य हुँदा न्यादी हाइड्रो र सामलिङ पावर कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ।

यी हुन आज सबैभन्दा धेरै गुमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्