काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा श्रमिक क्लष्टरका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नाममा अन्यले उम्मेदवारी नदिएपछि ट्रेड युनियन (श्रमिक) कोटाका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको एमाले नेता रमेश बडालले जानकारी दिएका हुन् ।
निर्विरोध निर्वाचित हुनेमा बिनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापासहित महिला कोटाका मञ्जुकुमारी थापा मगर र सीता लामा छन् । यद्धपी, निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गरेको भने छैन ।