अनेरास्ववियूले सडकमा लगायाे ‘गो ब्याक इण्डिया’को नारा

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडाैं । लिपुलेक, कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू सडकमा ‘गो ब्याक इन्डिया’ को नारा लगाएको छ ।

कब्जाको शैलीमा नेपाली भूभाग नेपाली नक्सामा समेटिएको भन्दै अनेरास्ववियूले बुधबार विरोध र्‍यालीको आयोजना गरेको हो । प्रदर्शनमीमार्गबाट सुरू भएको र्‍याली बागबजारको मुखमा पुगेर कोणसभामा परिणत भएका थियो । विरोध र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै अनेरास्ववियूका संयोजक ऐन महरले भर्खरै सार्वजनिक गरिएको नक्सा तुरून्तै खारेज गर्न माग गर्नुभएकाे छ ।

‘कालापानी, लिपुलेक हाम्रो भूमि हो । हाम्रो भूमि भारतले कब्जाको शैलीमा उसको नक्साभित्र राख्न पाउँदैन । यस विषयमा सरकारले तुरुन्तै संवाद गरोस्’, महरले काेणसभामा भन्नुभयाे । उहाँले आज प्रतीकात्मक विरोध गरिएको र नक्सा नसच्याए चरणवद्ध आन्दोलन गर्ने बताउनुभयाे । अनेरास्ववियूले सामाजिक सञ्जालमा गोब्याकइण्डिया ह्यास ट्याग राखेर विरोधको शुरूआत समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्