बालुन डि’ओर आज वितरण हुँदै, मेस्सी र लिवान्डोस्कीमा कसले बाजी मार्लान्?

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १२ : ४८


विश्वको सर्वोत्कृष्ट व्यक्तिगत फुटबल अवार्ड बालुन डि’ओर सोमबार राति वितरण हुँदैछ।

यसपटक पनि यस अवार्डको मनोनयनमा विश्वका चर्चित खेलाडीहरु नै पर्न सफल भएका छन्।

लियोनल मेस्सी, रोवर्ट लिवानडोस्की, जोर्जिन्हो, एन्गोलो कोन्टे, नेमार जुनियर, केलिएन एमबाप्पे, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडी यस अवार्डको मनोनयनमा परेका छन्।

मेस्सीले कीर्तिमानी ६ पटक यो अवार्ड पाइसकेका छन्। क्रिस्टयानो रोनाल्डोले पाँचपटक यो अवार्ड पाएका छन्।

तर यसपटक रोनाल्डोलाई यो अवार्डमा त्यति लोकप्रिय मानिएको छैन। गोलडटकमका अनुसार यसपटक मेस्सी र रोवर्ट लिवानडोस्कीमध्ये एक खेलाडीले यो अवार्ड पाउँदैछन्।

जसमध्ये पनि मेस्सी विजेता बन्ने प्रक्षेपण गरिएको छ। खेलाडीको गोल संख्या, उपाधि संख्या जस्ता व्यक्तिगत प्रदर्शनलाई मध्येनजर गर्दै यो अवार्ड प्रदान गरिन्छ।

मार्काका अनुसार गत सिजन मेस्सी ला लिगाको सर्वाधिक गोलकर्ता बनेर पीचीची अवार्ड पाए। उनी कोपा अमेरिकाको पनि सर्वाधिक गोलकर्ता बनेका थिए। क्लबका लागि कोपा डेल रे उपाधि र देशका लागि कोपा अमेरिका उपाधि पनि उनले हात पारे।

उता लिवानडोस्कीले युरोपियन गोल्डेन बुट पाए भने बुन्डेस लिगा उपाधि हात पारे। तर उनको टोलीले युरो कपमा घतलाग्दो प्रदर्शन गर्न सकेन। यसरी व्यक्तिगत प्रदर्शनमा मेस्सी अगाडि देखिन्छन्। मार्का र गोल डटकमको सहयोगमा


प्रतिक्रिया दिनुहोस्