पौडेलको गृह जिल्ला तनहुँमा देउवा निकट आले विजयी

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : ४२


नेपाली कांग्रेस तनहुँ जिल्ला सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन्।

रामचन्द्र पौडेल निकटका बैकुण्ठ न्यौपानलेलाई १ सय ६४ मतले पराजित गर्दै आले विजयी भएका हुन्।

देउवा निकट आलेले ९ सय ९ मत पाउँदा न्यौपाने भने ७ सय ४५ मतमा सिमित हुनु परेको छ।

न्यौपानेले दोस्रो कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिए पनि आलेले अन्ततः बाजी मारेका हुन्।


प्रतिक्रिया दिनुहोस्