सर्लाहीमा एकै परिवारका ३ जना मृत भेटिए

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : २३


सर्लाहीको बरहथवा नगरपालिका–१ हजरियामा एकै परिवारका तीन जना मृत भेटिएका छन्। मृत भेटिनेमा आमा र उनका दुई छोराछोरी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार कविता हजारी घरभित्रै झुण्डिएको अवस्थामा तथा उनकी ६ वर्षीया छोरी र चार वर्षीय छोरा भुइँमा लडेको अवस्थामा भेटिएका हुन्।

घटनाबारे अनुसन्धान भइरहेको छ। तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्