एमाले महाधिवेशनको बन्द सत्र बेलुका खाना खाएपछि, भीम रावल भन्छन्-धाँधलीको संकेत

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ५ : ५९


काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र साँझ ७ बजेपछि मात्र हुने भएको छ।

दशौँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्र खाना खाएपछि आज बेलुका सात बजेपछि सुरु हुने एमाले नेताहरुले बताएका छन।

बिहान १० बजे नै सुरु हुने कार्यतालिका रहेको बन्द सत्र नौ घण्टा ढिलो गरी सुरु हुने भएको हो।

यसैबीच, महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिएका नेता भीम रावलले सो कार्यप्रति आपत्ति जनाएका छन।

सामाजिक सञ्जाल ट्विटरमा उनले केपी शर्मा ओलीले धाँधली गर्ने संकेत गरेको उल्लेख गरेका छन।


प्रतिक्रिया दिनुहोस्