कांग्रेस कञ्चनपुरको सभापतिमा बोगटी निर्वाचित

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ५ : ५२


नेपाली काँग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी निर्वाचित भएका छन्।

बोगटीले आफ्ना निकतटम प्रतिद्वन्द्वी बहादुर सिंह थापालाई ९१ मतको अन्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्।

बोगटीले ८ सय ६ र थापाले ७ सय १५ मत ल्याएका थिए। बोगटी रमेश लेखक प्यानलबाट उम्मेदवारी दिएका थिए भने थापाले एनपी साउद प्यानलबाट उम्मेदवारी दिएका थिए।

यस अघि बोगटी पनि साउद खेमाकै नेता हुन् । एकाएक खेमा परिर्वतन गरेर बोगटी लेखक प्यानलबाट पार्टी सभापतिका उम्मेदवार बनेका थिए।

यस अघि १३ औँ महाधिवेशनमा बोगटी साउद प्यानलबाट पाटी सभापतिका लागि उम्मेदवार बनेका थिए।
उप सभापतिमा साउद प्यानलका दुबै उम्मेदवार निर्वाचित भएका छन्।

मीन बहादुर सिंह ७८६ र हरिसचन्द्र रानाले ७६३ मतसहित उपसभापतिमा निर्वाचित भएका छन्।

सचिवमा पनि साउद प्यानलका दुवै उम्मेदवार निर्वाचित भएका छन् । हेमराज ओझा ७३० र भीम भट्ट ७१३ मत ल्याएर सचिवमा निर्वाचित भएका हुन् ।

सह सचिवमा साउद प्यानलबाट नाफुसिह साउद र लेखक प्यानलबाट पुष्कल चौधरी निर्वाचित भएका छन्।

 


प्रतिक्रिया दिनुहोस्