पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सो अवधिमा ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ तथा दुई हजार ३१४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण देखिएको हो।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ लाख १६ हजार ३५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ३४२ जना निको भएर घर फर्किएसँगै हालसम्म आठ लाख दुई हजार ३८९ जना सङ्क्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९६६ छ। जसमध्ये ६ हजार ५८९ जना होम आइसोलेशनमा र ३७७ जना संस्थागत आइसोलेशनमा छन्।
कोरोनाका बिरामीमध्ये १७१ जना आइसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत छन्।
१० वर्ष मुनिका तीन बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। उघारदेखि २० वर्ष उमेर समूहका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२३ पुगेको छ। रासस