महाधिवेशनको बन्द सत्र साँझ ७ बजेदेखि सुरु हुन्छ: बाँस्कोटा

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : ५६


चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताएका छन्।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उनले यस्तो बताएका हुन्। उनले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताएका छन्।

अध्यक्ष ओलीले बोलाएपछि नेता बाँस्कोटा र सचेतक विशाल भट्टराई होटेलमा आएका थिए।

उनीहरू अध्यक्ष ओलीलाई भेटेर बन्द सत्र स्थल फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस्