कार्यकर्तालाई भेट्न जेलमै पुगे विप्लव

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : ५१


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कारागारमै पुगेर नेता कार्यकर्तासँग भेटघाट गरेका छन।

सरकारसँग ३ बुँदे सहमति भएको लामो समय हुँदा पनि अझै धेरै नेता कार्यकर्ता जेलमै बन्दी जीवन बिताइरहेका छन।

यसैक्रममा विप्लवले जिल्ला कारागार म्याग्दीमा बन्दी जीवन बिताइरहेका नेकपाका तत्कालिन म्याग्दी सेक्रेटरी रेशम सापकोटालाई भेट गरेका छन् ।

नेपाल सरकारले प्रतिबन्ध लगाएको बेलामा हातहतियार र बिस्फोट गराएको अभियोगमा साढे दुई बर्षदेखि बन्दी जिवन विताइरहेका सापकोटालाई भेट्न कारागारमै पुगेका हुन्।

मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनका लागि म्याग्दीको सदरमुकाम बेनी पुगेका विप्लवले सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनमा आलटाल भइरहेको भन्दै घेराबन्दी मान्य नहुने चेतावनी दिएका थिए।

उनले ३ बुँदे सहमति अनुसार सापकोटा सहित देशभरीबाटै आफ्ना नेताकार्यकर्तालाई रिहा गर्न समेत सरकार समक्ष माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्