अर्घाखाँची दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : २६


काठमाडौं । अर्घाखाँचीमा कार दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा रूपन्देही सैनामैना नगरपालीका २ मुर्गियाका ७० बर्षीय दुर्गा देबी खड्का, सोही ठाँउका ४० बर्षीय तिलक खड्का र ४३ बर्षीय भक्त बहादुर खड्का रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि अन्य २ जना घाईते  छन् ।

घाईते हुनेमा सोही ठाँउका ४९ बर्षीय गंगा बहादुर खड्का र २८ बर्षीय बिनोद खड्का रहेका छन् । 

घाईते दुबै जनालाई ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।

गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डको सन्धिखर्क नगरपालिका ६ नरपानी नजिकै रूपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको निजि कार सडकबाट झन्डै १ सय ५० मिटर तल खसी दुर्घटनामा परेको हो ।


प्रतिक्रिया दिनुहोस्