एमाले अधिवेशनको भिडभाड निभ्ने बेलाको बत्तिः बाबुराम

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  २ : २४


काठमाडौं। जनता समाजवादीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमालेको अधिवेशनको भीडलाई निम्ने बेलाको बत्तिको संज्ञा दिएका छन ।

उनले पञ्चहरुले पनि यस्ता ठूला र्याली गरेको स्मरण गर्दै प्रतिगामी शक्ति हार्ने निश्चित भएको बताए।

देशमा भएको अधुरो क्रान्तिले देश प्रतिमनतर्फ उन्मुख भएको बताएका छन्।

राजनीतिक दलका कार्यक्रम, नेताहरुको जीवनशैली र जनताको आवश्यकताविच तालमेल नभएको भन्दै उनले यसले देशलाई झनै पछाडी धकेलेको विश्लेषण गरे ।देशमा बैकल्पीक शक्तिको खाचो रहेको भन्दै भट्राईले प्रचण्ड र माधव नेपाल नेतृत्वको पार्टीसँग एकताको सम्भावना औल्याएका थिए।

चुनावसम्म हालकै गठबन्धन एकताबद्ध हुन अपिल गरेका भटट्राइले ओलीको महाधिवेशनलाई पञ्चाएतको भेलाजस्तो भएको टिप्पणीसमेत गरे।


प्रतिक्रिया दिनुहोस्