भारतको नयाँ नक्साप्रति साझाको आपत्ति

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ५९


काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा देखाएको प्रति आपत्ती जनाएको छ ।

साझा पार्टीका प्रवक्त सुर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै नक्सा सच्याउन सरकारसँग माग गरेको हो ।

'नेपालको भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भू-भाग दाबी गरेकोप्रति साझा पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ,' विज्ञप्तिमा उल्लेख छ, 'भारत सरकारको यो कदम अन्तर्राष्ट्रिय कानुनको विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप हो ।'


प्रतिक्रिया दिनुहोस्