२० वर्षको उमेरमै करोडपति सन्दीप लामिछाने, बुढानिलकण्ठमा किने ६ करोडको घर

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : २७


काठमाडौं । २० वर्षको उमेरमै क्रिकेटर सन्दीप लामिछाने करोडपति बनेका छन् । उमेर समूह हुँदै नेपाल राष्ट्रिय टीमका सदस्य बनेका सन्दीपले भर्खरै ६ करोड मूल्यमा काठमाडौंको बुढानिलकण्ठमा घर किनेको हुन् । यसअघि उनको परिवार चितवनमा बस्दै आएको थियो । उनी ६ करोडो घरमा सरिसकेका छन् ।

भर्खरै सार्वजनिक एक नतिजा अनुसार, सन्दीप सवैभन्दा बढी क्लब र देशबाट खेल्ने खेलाडी बनिसकेका छन् । उनी आठ देशको लिगमा अनुबन्धित भइसकेका छन् । आठ देश र सात क्लबबाट खेलिसकेका सन्दीप छोटो अवधिमै करोडपति बनिसकेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली क्रिकेटर बने यता सन्दीपले पछाडि फर्केर हेर्न परेको छैन । ४ कात्तिकमा मात्रै सन्दीप द हन्ड्रेडमा झण्डै डेढ करोडमा अनुबन्धित भएका थिए । 

 


प्रतिक्रिया दिनुहोस्