रुपन्देहीमा ट्रकको ठक्करबाट बाइकमा सवार बाबु–छोराको मृत्यु

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ०७


रुपन्देही। रुपन्देहीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट बाइकमा सवार बाबु–छोराका ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीप रहेका छन्।

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते उनीहरुलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको थियो। अस्पताल पुर्याएलगत्तै उनीहरुको मृत्यु भएको हो।

ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्