सामाजिक संजालमा भाइरल मुकुन्देले गरे झापाकी इन्दिरासँग इन्गेजमेन्ट

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : ४५


काठमाडौं। सामाजिक संजालमा भाइरल मुकुन्देले झापाकी इन्दिरा संग्रौलासँग विवाह गर्ने भएका छन्। उनीहरुबीच आज इन्गेजमेन्ट भएको हो।

समृद्ध नेपाल ‘मुकुन्दल्याण्ड’ बनाउनुपर्छ भनेर सामाजिक संजालमा विचार राखिरहने उनले आफैंले झापाकी इन्दिरासँग इन्गेजमेन्ट गरेको फेसबुकमार्फत जानकारी दिएका छन्।

कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गर्ने उनी पछिल्लो समय सामाजिक सञ्जालमा खुबै चर्चामा छन्। आम मानिसभन्दा आफू फरक रहेको बताउने उनी मुकुन्दल्याण्डको उद्घोष गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस्