नेपालमा आज थपिए २१३ कोरोना संक्रमित

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ३८


काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ६३२ नमुना परीक्षण गरिएको थियो।

यस्तै सोही अवधिमा ३१५ जना भने संक्रमणमुक्त भएका छन्। यससँगै संक्रिय संक्रमितको संख्या ७ हजार १५६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ जानाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ११ हजार ५२१ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्