झनै घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौँ । साताको चौँथो दिन अर्थात बुधबार पनि सुनको मूल्य घटेको छ। 

आज छापावाला सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्