अर्घाखाँचीमा कार दुर्घटनाः ३ जनाको मृत्यु

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ५ : २१


काठमाडौँ । सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।  

रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा भएको हो। 

घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ। मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्