नेपाली भू-भाग भारतको नक्सामा परेपछि नेकपाका विद्यार्थी सङ्गठन सडकमा

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ५ : २१


काठमाडौँ । लिपुलेकसहितको कालापानी भारतको नक्सामा परेपछि सत्तारूढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू सडकमा उत्रने भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी सङ्गठन अनेरास्ववियूले आज १ बजे -यालिसहितको विरोधसभा गर्न लागेको जनाएको छ ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले donlineसँग कुरा गर्दै भारतीय हैकमवादको विरोध स्वरुप ¥यालि र कोणसभा गर्न लागेको जानकारी दिनुभयो । उहाँले भृकुटिमण्डपबाट शुरू भएकाे र्यालि पुतलिसडकहुँदै रत्नपार्क पुगेर काेणसभामा परिणत हुने जानकारी दिनुभएकाे छ ।

उहाँले सरकारले कूटनीति पहलकदमी मार्फत तुरुन्त याे विषय सेल्टयाउनु पर्ने बताउनुभएको छ ।   भारतले हालै सार्वजनिक गरेको देशको राजनीतिक नक्सामा विवादास्पद कालापानी आफ्नो क्षेत्रमा समेटेपछि त्यसको नेपालमा विरोध शुरु भएको छ । लिपुलेकसहितको कालापानीमा नेपालले विगतदेखि दाबी गर्दै आइरहेको छ । तर, भारतले सो भू–भाग आफ्नो भएको सन्देश दिन भारतमा समेटेको हो । भारतले जम्मू–कश्मीरलाई दिँदै आएको विशेष दर्जा खारेज गरेपछि गत आइतबार जारी गरेको राजनीतिक नक्सामा सो विवादित क्षेत्र आफ्नो सीमामा समेटेपछि विवाद उत्पन्न भएको हो । 

भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र मि नक्साभित्र समेटेको छ । नेपाली अधिकारीहरुले भने अहिलेसम्म यसविषयमा मौन देखिएका छन् 


प्रतिक्रिया दिनुहोस्