पुन: आज आलमको बयान लिइँदै

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ३ : ४८


काठमाडौँ । नेपाली काङ्ग्रेसका निलम्वित सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको बाकीँ बयान आज (बुधबार) लिइँदै छ । मंगलबार समय अभावका कारण आलमको बयान नसकिएपछि आज पुनस् बयान हुन लागेका हो । आलमको पक्षले मिसिल फोटोकपी गर्न धेरै समय लागेकाले मंगलाबर बयान ढिलो सुरु भएको थियो ।आलमका कानून व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध समेत गरेको थियो । त्यसपछि मंगलबार केही समयका लागि बयान रोकिएको थियो ।

आलमका कानून व्यवसायीले मिसिल पाएपछि पुनः बीस मिनेटपछि बयान भएको थियो । मंगलबार न्यायाधीश दीपक ढकालको इजलासमा बयान लिइएको थियो । बयान नसकिएकाले आलमलाई पुनः जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा सोमबार मुद्दा दर्ता गरेको थियो ।

 उनीहरूमाथि रौतहट प्रहरीले कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको छ । आलमलाई जिल्ला प्रहरी कार्यालयले करिब २० दिनसम्म हिरासतमा राखी लामो अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा गत शुक्रवार मुद्दा बुझाएको थियो ।


प्रतिक्रिया दिनुहोस्