अस्ट्रेलिया सपना र जग्गा दलालीबारे बनेको चलचित्र चुरीफुरीको ट्रेलर सार्वजनिक (भिडिओ)

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ५ : २७


काठमाडौं। यही पुस ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक भएको छ।

चलचित्र रिलिजका लागि एक महिना पनि समय नरहेको समयमा ऋषिराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रको कमेडी र सामाजिक कथावस्तु उठान गरेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

चलचित्रमा नवकलाकारहरु अभिषेक श्रेष्ठ, पूजा पन्तको साथमा रवीन्द्र झा, शिशिर भण्डारी, सुवोध गौतम, पवन खतिवडा, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, सोना बज्राचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल लगायतको अभिनय छ।

चलचित्रमा अभिषेक अष्ट्रेलिया जाने क्रममा ठगिएको एक युवकको भूमिकामा देखिएका छन्।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्