नेदरल्यान्डको विमानस्थलमा चरा भगाउन सुँगुर राखियो, उड्ने चरालाई हिँड्ने सुँगुरले खेदाउला?

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ५ : ०५


विमानमा चरा ठोक्किनुलाई राम्रो मानिँदैन।

चरा विमानमा ठोक्किए त्यसले विमानमा क्षति पुग्ने र उड्दा विमानमा समस्या देखिने बताइन्छ।

यही कारण विमानस्थलमा चराको रोकथाम गर्न कर्मचारीहरु खटाइएको हुन्छ।

नेदरल्यान्ड्सको एम्सटरड्यामको एक विमानस्थलमा पनि चरा विमानमा नठोक्कियोस् भनेर चरा भगाउने नयाँ उपायको खोजी भएको छ।

सीएनएनकाअनुसार एम्स्टरड्यामको सिफोन विमानस्थलले २० वटा सुँगुरलाई विमानस्थलमा राखेको छ। यी सुँगुरहरु विमानस्थलमा ल्याइएपछि चराको आगमन कम भएको बताइएको छ।

Planes four times as likely to hit birds during migrations | Cornell  Chronicle

सन् २०२० मा यस विमानस्थलमा १५० वटा चरा विमानमा ठोक्किएको थियो। सुँगुरलाई विमानस्थलमा खटाएपछि चराहरु विमानस्थल वरपर कम देख्न थालिएको छ।

वास्तवमा सुँगुरले चराहरु खेद्ने गरेको छैन। तर विमानस्थल वरपरका घाँस तथा गुलिया बनस्पतिहरु सुँगुरले खाएपछि चरा आउन छाडेको अधिकारीहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्