‘रुस र चीनले अमेरिका तह लगाउन सम्झौता गरे’

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ४ : २३


रुस र चीनबीच अमेरिकालाई लगाम लगाउने विषयमा महत्वपूर्ण सम्झौता भएको छ।

अमेरिकी रणनीतिक बम्बर विमान तथा अन्य सैन्य विमानहरु आफ्नो सीमा क्षेत्र वरपर आउन थालेको भन्दै चीन र रुसले घनिष्ठ सैन्य सम्बन्धको लागि एक रोडम्यापमा हस्ताक्षर गरेका हुन्।

मंगलबार रुसी रक्षा प्रमुख सर्गी सोइगु र चिनियाँ समकक्षी वे फेङ्हीले मार्गचित्रमा हस्ताक्षर गरेका हुन्।

यो सम्झौतापछि रुसी रक्षा मन्त्रालयले भनेको छ,‘रुस र चीनले रणनीतिक सैन्य अभ्यास र संयुक्त गस्ती बढाउन साझा चासो व्यक्त गरेको छ।’

‘चीन र रुस धेरै वर्षदेखि रणनीतिक साझेदार रहेका हुन्’ सर्गीले भनेका छन्,‘आज विश्वका विभिन्न भागहरूमा बढ्दो भूराजनीतिक अशान्ति र बढ्दो द्वन्द्व क्षमताको अवस्थामा हाम्रो अन्तरक्रियाको सुरुवात सान्दर्भिक छ।’

गत महिना मात्र रुसी सीमा नजिकै अमेरिकाका बम्बर विमानले ३० पटक उडान गरेको बताइएको छ। उता चीनले दाबी गर्ने दक्षिण चीन सारगमा अमेरिकाका विमान र जहाजहरु उड्ने र तैरिने गरेका छन्। मिलिटेरी टाइम्स


प्रतिक्रिया दिनुहोस्