भुटानमा विराट र अनुष्काकाे मस्ती

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडाैं । छिमेकी देश भुटानमा पति क्रिकेटर विराट कोहलीसँग छुट्टी मनाइरहेकी बलिउड अभिनेत्री अनुष्का शर्मालाई गाउँलेले आफूहरूलाई नचिनेको बताएकी छन् । उनले आफ्नो ट्विटरमा बिदा मनाइरहेको अवस्थाका तस्बिर पोस्ट गर्दै भुटानको एक गाउँका स्थानीय परिवारले आफूहरू को हो भनेर नचिनेको उल्लेख गरेकी छन् ।

अभिनेत्री अनुष्काले ट्विटरमा भुटानका ती गाउँलेहरूको दयालुपना र सरलताको प्रशंसा गरेकी छन् । साथै आफूहरूलाई उनीहरूले नचिने पनि राम्रो सत्कार र सम्मान गरेको जनाएकी छन् । उनले उक्त परिवारसम्बन्धी तीनवटा ट्विट पोस्ट गर्दै गाउँलेहरूको सरल व्यवहारको प्रशंसा गरेकी छन् ।

उनले लेखेकी छन्, ‘आज हामीले ८ दशमलव ५ किलोमिटरको उकालो पदयात्रा ग¥यौँ । यस दौरानमा हामी एउटा सानो गाउँमा चार महिना अघिमात्र जन्मिएको एउटा घरपालुवा जनावरको बच्चालाई खाना खुवाउन रोकियौँ । तब घरका मालिकले हामीलाई हामी थाकेका छौँ कि भनेर सोध्दै एक कप चियाको लागि सोधे ?’

त्यसैगरी, उनले दोस्रो ट्विटमा ‘हामी यो सुन्दर परिवारको घर गयौँ, जसलाई हामी को हौँ भनेर बिलकुलै जानकार थिएनन् ।’ त्यस्तै, अभिनेत्री अनुष्काले तेस्रो ट्विट गर्दै ‘यसका बाबजुद पूरा परिवार हामीसँग जोश र मायाले प्रस्तुत भए । हामीले उनीहरूसँग बसेर चिया पियौँ र केही समय बितायौँ । उनीहरूलाई त हामी केवल पदयात्राबाट थाकेका यात्री थियौँ । यदि यो जिन्दगीको सही अर्थ होइन भने के हो मलाई पनि थाहा छैन । यो एउटा याद हामी सँगालेर राख्ने छौँ ।’


प्रतिक्रिया दिनुहोस्