चितुवाबाट जोगिन भगवानकाे पूजा

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  २ : ०८


काठमाडाैं । सबै उपाय लगाउँदा पनि संकट नटरे मानिस भन्छन्– ‘भगवान सम्झनुस् ।’ तनहुँको भानुनगरका बासिन्दाले सोमबार त्यसै गरे ।

ठूलो संख्यामा भेला भएर उनीहरुले कालीकादेवी र भीमसेन थुम्की मन्दिरमा पूजाआजा गरे । चितुवाको आक्रमणबाट जोगिन दर्जन बोकाको बलि दिए ।

देवी रिसाएर चितुवा आतंक बढेको आशंकामा भानुका चारवटा वडाका बासिन्दाले कालीकादेवी मन्दिरमा पूजाआजा लगाएको हुन् । ‘देवी पो रिसाएर हो कि भनेर खुसी पार्न पूजा गरका हौं,’ सीता अधिकारीले भनिन्, ‘जोगिने सबै उपाय लगाए पनि हामीले देवता सम्भिनै पर्छ। त्यो पो छुट्यो कि भन्ने भएर पूजामा जुटेका हौं ।’

ती वडामा दुई वर्षयता चितुवाको आक्रमणमा ६ बालबालिकाको मृत्यु भइसकेको छ । अन्य ७ घाइते भएका छन् । चितुवाले ७० घरपालुवा जनावर खाइसकेका छन् । 
-कान्तिपुर दैनिक


प्रतिक्रिया दिनुहोस्