यस्ताे छ ‘घामड शेरे’ को दोस्रो ट्रेलर

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  २ : ०४


काठमाडौं । हेमराज बिसीले निर्देशन गरेको चलचित्र ‘घामड शेरे’ को दोस्रो टे«लर सार्वजनिक गरिएको छ । चलचित्र क्षेत्रका वास्तविक जोडी अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले पहिलोपल्ट जोडी बाँधेर काम गरेको यस चलचित्रमा राजनीतिक तथा सामाजिक विषयलाई प्रस्तुत गरिएको छ ।

निश्चलको सालीको भूमिकामा स्वस्तिमाले अभिनय गरेको ‘घामड शेरे’ को दोस्रो ट्रेलरमा प्राकृतिक विपत्ति र संघर्षको विषयलाई देखाइएको छ ।

ट्रेलरमा अभिनेता निश्चलले सस्तोमा पाएको जग्गा खोलाले बगाएपछि खोलाविरुद्ध नै मुद्दा हाल्ने निर्णयमा पुगेको विषय निकै घतलाग्दो र व्यंग्यात्मक छ । खोलाविरुद्ध मुद्दा हाल्न मिल्छ कि मिल्दैन ? त्यसपछि ‘घामड शेरे’ ले गर्ने संघर्षको वरिपरि यो चलचित्र घुमेको छ ।

चलचित्रमा चर्चित अभिनेत्री गौरी मल्लको विशेष भूमिका छ । त्यसैगरी चलचित्रमा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक लगायत कलाकारका समेत अभिनय छ । निर्देशक बिसीकै कथा र पटकथा रहेको यो चलचित्र आउँदो शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्