कार्टुनको पात्र ‘ब्ल्याक एलियन’ जस्तै देखिन फ्रान्सका ३३ वर्षका एन्थोनी लोफ्रेडोले आफ्नो शरीर बिगारिसकेका छन्।
उनले कुरुप देखिन शरीरभर ट्याटु खोपेका छन्, नाक र ओठ काटेका छन्। ठाउँठाउँमा पियर्सिङ गरेका छन्।
अब हुँदा–छँदाको हातको औंलासम्म काट्न पनि उनले भ्याएका छन्। उनले आफ्नो हातको दुई औंला काटेका हुन्।
हाल उनको इन्स्टाग्राममा ७ लाख ४३ हजार फलोवर छन्। उनले आफ्नो तस्बिरहरु पोस्ट गरिरहेका हुन्छन्।
लोफ्राडो अहिले आफू ‘ब्ल्याक एलियन’ बन्ने कार्यमा ३४ प्रतिशत सफल बताएको बताउँछन्।