जहाज खरिदमा एक अर्ब २० कारोड घोटाला, संसदीय समितिमा गुपचुप

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  २ : ०३


काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा भएको एक अर्बभन्दा बढीको ुअनियमितताु काण्ड संसदीय समितिले गुपचुप राखेको छ।

एक अर्ब २० करोड घोटाला ठहर गरेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन लुकाएको छ। ुगोप्यु लेखी थन्क्याइएको प्रतिवेदन अन्नपूर्ण पोस्ट्लाई प्राप्त भएको छ। डा। दीपकप्रकाश भट्ट संयोजकत्वको उपसमितिले न्यारो बडी खरिदमा अनियमितता भएको प्रतिवेदन तयार पारेर समितिमा बुझाएको थियो।

सत्तासीन नेकपाकै केही नेताका कारण प्रतिवेदन समितिमा गुपचुप राखिएको उच्च स्रोतले बतायो। एयरबससँगको सम्झौता म्याद समाप्त भइसकेपछि पनि एउटा जहाजमा ६० करोड बढी मूल्य बढाएर खरिद गरिएको निष्कर्ष उपसमितिको छ। उपसमितिका अनुसार दुईवटा न्यारो बडी खरिदमा एक अर्ब २० करोडभन्दा बढी घोटाला भएको छ।

उपसमितिमा सांसदहरू दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, सरला यादव र सुदन किराती सदस्य थिए। उपसमितिले वैशाख १९ गते समितिमा प्रतिवेदन बुझाए पनि ुगोप्यु छाप लगाएर सार्वजनिक गरिएको छैन। समितिले न्यारो बड़ीसम्बन्धी छानबिन प्रतिवेदनलाई ुगोप्यु राखेर वाइड बडी र चिनियाँ विमानसम्बन्धी उपसमितिको प्रतिवेदन कार्यान्वयन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयलाई पठाएको स्रोतले बतायो। 
-अन्नपूर्ण पोष्ट


प्रतिक्रिया दिनुहोस्