साढे २ करोडसहित पक्राउ परेकामध्ये ८ जुवाडे हिरासत छल्न अस्पताल भर्ना

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । २ करोड ६७ लाख नगदसहित जुवाखालबाट पक्राउ परेकामध्ये केही जुवाडे हिरासतमा छल्न अस्पताल भर्ना भएका छन् । पक्राउ परेका २५ मध्ये आठ जना केही दिनयता अस्पतालमा छन् ।

पक्राउ परेकामध्ये पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोहेल कार्की, पवनकुमार गुप्ता, शम्भुकुमार बुढाथोकी, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल र रञ्जन राजवंशी ह्याम्स अस्पताल भर्ना भएका हुन् ।

केही प्रेसर त कोही मुटुको रोगी भन्दै अस्पताल भर्ना भइरहेका छन्, ‘महानगरीय प्रहरी वृत महाराजगन्जका एक प्रहरी अधिकारीले भने, ‘चिकित्सकले नै भर्ना गर्ने निर्णय गरेपछि हामीले रोक्ने सक्ने अवस्था भएन ।’ 
-नयाँ पत्रिका दैनिक


प्रतिक्रिया दिनुहोस्