जनकपुर–जयनगर रेलमार्गमा कमला नदी अवरोध

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडाैं । सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेलमार्ग कमला नदीका कारण वर्षाको समयमा प्रभावित हुने भएको छ । यसले गर्दा रेलमार्ग दीर्घकालीन हुन नसक्ने देखिएको छ ।

गत वर्षको समयमा कमला नदीमा पानीको बहाव बढी हुँदा करिब ५ किलोमिटर क्षेत्र डुबानमा परेको थियो ।

नेपाल–भारत सीमानामा पर्ने धनुषाको इनरुवातर्फ १०० मिटर लिक पूर्णरुपमा बाढीले क्षतिग्रस्त भएको थियो । रेल विभागका अनुसार बाढीले जनकपुर–जयनगर रेलमार्गमा करिब ८ करोड रुपैयाँको क्षति पुर्‍याएको थियो । 
-कारोबार दैनिक


प्रतिक्रिया दिनुहोस्