महानायक हमालले किने कम्पास गाडी, यसको मूल्य ८४ लाखदेखि एक करोड ३६ लाखसम्म

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १ : ०४


नेपाली सिने क्षेत्रका महानायकको रुपमा परिचित अभिनेता राजेश हमालले बिहीबार कप्पास जिप खरिद गरेका छन्।

नक्सालस्थित जिप सोरुमबाट हमालले लिजेन्डरी कम्पासको जिप खरिद गरेका हुन्।

हमाल पत्नी मधुसहित सोरुम पुगेका थिए। नेपालमा जिपको नयाँ मोडेल कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेलमा उपलब्ध रहेको जनाइएको छ।

यसको मूल्य मोडल हेरेर ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्