दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए, भनेः केपी बाको आशिर्वाद ममाथि छ

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १२ : ४०


चितवन। झापास्थित बीएण्डसीका अस्पतालका संचालक दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

तर एमाले विधानले केन्द्रीय सदस्य बन्न पार्टीको संगठित सदस्यता लिएको १० वर्ष पुगेको, केन्द्रीय विभाग वा प्रदेश कमिटीमा काम गरेको वा जिल्ला कमिटीको पदाधिकारी भइसकेको वा जनसंगठनको पदाधिकारी भइसकेको योग्यता चाहिने भनेको छ।

तर प्रसाईंको भने यी कुनै पनि योग्यता पुग्दैन। प्रसाईंले भने आफू एकता प्रक्रियाबाट आएको र हजुरबा ‘केपी ओली’ को आर्शिवादका कारण केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन्।

RED RICE | Nepali Times

पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डलाई सँगै राखेर मार्सि चामलको भात खुवाएपछि चर्चामा आएका प्रसाईं पहिले नेकपा माओवादी केन्द्र निकट थिए।

केही अघिमात्र उनी एमाले प्रवेश गरेका हुन्। प्रसाईंलाई केन्द्रीय कमिटीले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो।


प्रतिक्रिया दिनुहोस्