छोरी कुटेर हत्या गर्ने पिताको बयानः छोरी बिरालोको आक्रमणबाट मरेको हो…

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ११ : ३८


अमेरिकाको मिनिसोटा राज्यमा एक पिताले आफ्नै दुई महिनाको छोरीको हत्या गरेका छन्।

३९ वर्षका क्रिस्टोफर डेल अर्लान्दो हेन्डर्सन यतिबेला छोरी हत्या गरेको अभियोगमा हिरासतमा छन्।

मृत शिशुको खुट्टा, हात भाँच्चिएको थियोभने दिमागमा रगत जमेको थियो। प्रहरीले क्रिस्टोफरले छोरीलाई कुटपिट गरेर हत्या गरेको बताएका छन्।

यद्यपी ती पुरुषले बिरालोको आक्रमणबाट छोरीको मृत्यु भएको बयान दिएका छन्। तर अनुसन्धानका क्रममा बिरालोले आक्रमण गरेको नदेखिएको प्रहरीको भनाइ छ।

बयानमा क्रिस्टोफरले आफूले ठूलो बिरालो छोरी माथि चढेको देखेको उल्लेख गरेका थिए। यद्यपी उनकै कुटपिटबाट शिशुको मृत्यु भएको हो।

हाल उनीमाथि थप अनुसन्धान भइरहेको छ, उनलाई कस्तो सजाय दिने भनेर छलफल चलिरहेको छ। डेलीमेल


प्रतिक्रिया दिनुहोस्