दिल्ली सरकारले निर्माण मजदुरलाई राहत स्वरूप पाँच हजार दिने

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ७ : ५०


नयाँ दिल्ली। भारतको दिल्ली सरकारले काम गर्न रोक लगाइएका निर्माण मजदुरहरूलाई पाँच हजार रूपैयाँ दिने भएको छ।

वायु प्रदुषण न्युनिकरणका लागि सरकारले निर्माण कार्य रोक्न निर्देशन दिएपछि पिडित भएका मजदुरहरुलाई पाँच हजार रुपैया दिने निर्णय भएको मुख्य मन्त्री अरविन्द केजरीवालले जानकारी दिए।

“सरकारले निर्माण कार्य रोक्न अनुरोध गरेपछि निर्माण कार्य गर्नबाट बञ्चित भएका मजदुरहरुलाई पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ,” उनले भने।

काम विमुख भएका मजदुरहरुलाई उनीहरुकै खातामा पैसा पठाइने व्यवस्था भएको पनि उनले जानकारी दिए।

सरकारका कारण कामबाट बञ्चित हुनु परेकोले सामान्य राहत तथा क्षतिपुर्ति स्वरूप उनीहरूलाई रकम दिने निर्णय भएको उनको भनाइ छ।

भारतका विहिबार पनि वायु प्रदुषणको गुणस्तर अति नराम्रो अवस्थामा रहेको अधिकारीहरूले जानकारी दिएका छन्। रासस


प्रतिक्रिया दिनुहोस्