अस्ट्रेलियामा फोहोर कार कुदाउनेलाई दुई लाख जरिवाना

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ५ : ४०


अस्ट्रेलियामा फोहोर कार कुदाउनेलाई जरिवाना हुने भएको छ।

अस्ट्रेलियन संचारमाध्यमका अनुसार फोहोर कार कुदाउने, समयमा कारको सफाइ नगर्नेलाई नयाँ सडक कानुन अनुसार ४६४ अमेरिकी डलर ५५ हजार रुपैयाँ जरिवाना हुनेछ।

दोहोर्याउँदै यस्तो गल्ती गरिए जरिवाना २२ सय डलर दुई लाख रुपैयाँभन्दा बढी जरिवाना हुनेछ।

कार तथा गाडीहरु सफा हुनुपर्ने र लाइसेन्स प्लेट प्रस्ट चिनिन सकिने हुनुपर्ने नयाँ कानुनले उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस्