आजको राशिफल

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १ : ११


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कार्यको योजना बन्ने छ । मनोरञ्जनमा सहभागी भइएला । न्यायिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धार्मिक सामाजिक कार्यमा विशेष रुची रहनुका साथै सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ । गरेको कार्यमा सफलता मिल्ने छ । लाभदायक यात्रा रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वित्तीय संस्थाबाट सहयोग पाइने छ । शुभ समाचार सुन्न पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आकस्मिक धन लाभ हुनेछ । ठूला व्यक्तिले तपाईको मेहनतको प्रशंसा गर्नेछन् । मिष्ठान्न भोजन प्राप्त होला । जोश जाँगर र हिम्मत बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । प्रेमीको सहयोग पाइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । इच्छा र आकांक्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफन्तको सहयोग प्राप्त हुनेछ । कार्यमा सफलता पाइएला । मनमा शान्ति छाउने छ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रामा सावधानी अपनाउनु पर्नेछ । पारिवारिक उल्झनमा परी आँटेको काम विग्रने छ । आर्थिक संकटमा परिएला । कर्म क्षेत्र पनि संघर्षशील रहने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
जोश जाँगर र हिम्मत बढ्ने छ । अरुको मन जित्न सकिने छ । उपहार पाइने सम्भावना छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दैनिक कार्यमा चुनौतीको सामना गर्नुपर्छ । स्वास्थ्यमा समस्या आउँला । अनावश्यक धन खर्च हुनेछ । काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेममा मधुरता छाउँला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । बिश्वास गरेकाले साथ दिनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा मन्दी आउने छ । प्रेममा विवाद आउँला । सामान हराउने वा नष्ट हुन सक्ने छ ।


प्रतिक्रिया दिनुहोस्