प्रदेश प्रमुखको बर्खास्ती सरकारको गलत कदम : काँग्रेस

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुख बर्खास्त गर्ने सरकारको निर्णयप्रति आपत्ती जनाएको छ ।

‘संघीयता कार्यान्वयनको क्रममा संस्थापक प्रदेश प्रमुखहरुलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर अशोभनीय तवरले सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

काँग्रेसले प्रदेश प्रमुखको बर्सास्तीलाई कम्युनिस्ट सत्ताको असफल दिशामा सरकार जाने संकेतको रूपमा लिएको जनाएको छ। 

मंगलबार बसेको पदाधिकारी बैठकले संघीयता कार्यान्वयनको क्रममा सरकारको यो कदम गलत रहेको कांग्रेसको ठहर छ।

रकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनु पर्नेमा संघीयता कार्यान्वयन सम्बन्धी अनेक कार्यभार बाँकी छँदाछँदै गरेको कार्य गलत भएको कांग्रेसको निष्कर्ष छ। 
 


प्रतिक्रिया दिनुहोस्