किम जोङ उनको स्टाइल चोरेको भन्दै उत्तर कोरियामा छालाको ज्याकेटमा प्रतिबन्ध!

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ४ : १३


उत्तर कोरियाले त्यहाँका जनतालाई छालाको ज्याकेट लगाउनबाट प्रतिबन्ध लगाएको छ।

छालाको ज्याकेट सर्वोच्च नेता किम जोङ उनको सबैभन्दा मनपर्ने ज्याकेट हो।

उनी जहाँ जाँदा पनि प्रायजसो छालाकै ज्याकेटमा देखिन्छन्।

तर नेताको मनपर्ने ज्याकेट त्यहाँका सर्वसाधारणहरुले पनि लगाउन थालेपछि मानिसहरुको लागि त्यहाँको सरकारले त्यस्ता ज्याकेटमा प्रतिबन्ध लगाएको हो।

यस्ता छालाको ज्याकेट त्यहाँका सेना र प्रहरीले पनि लगाउँछन्। यद्यपी व्यापारीहरुले पनि छालाको ज्याकेट बनाउन थालेपछि त्यहाँका मानिसमा छालाको ज्याकेट प्रख्यात बनेको थियो।

यसरी नेता किमको शैलीको चोरी भएको अथवा किमको स्टाइल सिको भएपछि त्यहाँको सरकारले सर्वसाधारणमा छालाको ज्याकेट लगाउन प्रतिबन्ध लगाएको हो।

छालाको ज्याकेट बन्ने स्थान बन्द गराउन त्यहाँ प्रहरी खटाइएको छ।

सर्वसाधारणले छालाको ज्याकेट लगाउँदा त्यसले किमलाई मनोवैज्ञानिक चुनौती सिर्जना गरिदिएकाले किमले कडा कदम चालेको विश्लेषकहरु बताउँछन्। डेलीमेल


प्रतिक्रिया दिनुहोस्