विवाह समारोह अगाडि नै कटरिना र बिक्कीले कानुनी विवाह गर्ने, विवाहमा मोबाइल प्रतिबन्ध

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ३ : २६


बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलले आगामी महिना डिसेम्बरको पहिलो हप्ता विवाह गर्दैछन्।

उनीहरुले विवाहको तयारी धुमाधामसँग गरिरहेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार कटरिना र विक्कीको विवाह समारोह जयपुरको एक रिसोर्टमा हुनेछ।

एनडीटीभीको समाचार अनुसार उनीहरुले परम्परागत रुपमा विवाह गर्न अगाडि नै अदालतमा गएर कानुनी विवाह गर्नेछन्। साथै विवाहमा सहभागी हुने अतिथिले मोबाइल लैजान पाउने छैनन्।

खबरअनुसार विवाहमा आएका अतिथिहरुले तोकिएको कुनै स्थानमा मोबाइल राखेर मात्र समारोहमा प्रवेश गर्नुपर्नेछ। यसको अर्थ विवाह समारोहका कुनै पनि गतिविधि गोप्य राख्ने मनसायले उनीहरुले मोबाइलमा प्रतिबन्ध लगाएका हुन्।


प्रतिक्रिया दिनुहोस्