एमाले महाधिवेशनमा भाजपाका हर्षवर्धन र हरिश द्विवेदी सहभागी हुने

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  २ : ३८


नेकपा एमालेको १०औँ महाधिवेशनमा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट पूर्व केन्द्रीय मन्त्री डा.हर्षवर्धन र पार्टीका राष्ट्रिय सचिव हरिश द्विवेदी सहभागी हुने भएका छन्।

एमालेको १० औँ महाधिवेशन शुक्रबारबाट चितवनमा सुरु हुँदै छ।

सो महाधिवेशनमा सहभागी हुन एमालेले स्वदेश तथा विदेशी विभिन्न राजनीति दलका नेताहरूलाई आमन्त्रण गरेको छ।


प्रतिक्रिया दिनुहोस्