कुवेतले दिएको लक्ष्य ३ ओभरमा भेट्टाउँदै नेपालले निकाल्यो शानदार जित

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १ : ००


काठमाडौँ। आईसीसी महिला टी२० विश्वकप एसिया छनोटमा नेपालले शानदार जित हात पारेको छ।

बिहीबार भएको खेलमा कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपाल तालिकाको शिर्षस्थानमा उक्लिएको हो।

कुवेतले दिएको २७ रनको झिनो लक्ष्य नेपालले ३ ओरभमा १ विकेटको क्षतिमा पुरा गर्न सफल भयो। नेपालका लागि इन्दु बर्मा १३ रनमा अविजित रहँदा कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन्।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कुवेत १५.४ ओभरमा अलआउट हुँदै २७ रन बनाएको थियो। कुवेतका लागि ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाइन्।

नेपालको उत्कृष्ट तथा कसिलो बलिङसामू अन्य ब्याट्सम्यान चल्न सकेनन्। नेपालका लागि सिता मगर र कप्तान क्षेत्रीले समान २–२ विकेट लिए।

जितसँगै नेपाल तालिकाको शिर्षस्थानमा उक्लेको छ। नेपालले ३ खेलमा २ मा जित र १ मा हार व्यहोर्दै ४ अंकका साथ शिर्षसथानमा छ। दोस्रो स्थानमाा रहेको युएईको पनि ४ अंक नै भएपनि नेट रनरेटको आधारमा पछाडी छ । यद्यपी युएईले नेपाल भन्दा एक खेल कम खेलेको छ। पराजित कुवेत भने जितविहीन बन्दै पुछारमा छ।

पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले हार्‍यो तर, दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो। ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ।


प्रतिक्रिया दिनुहोस्