कमल थापा पक्षकी रेखा थापाले राप्रपाको अध्यक्षमा उठेका राजेन्द्र लिङ्देनलाई सघाउने

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १२ : ५६


काठमाडौं। नायिका तथा नेतृ रेखा थापाले राप्रपाको आगमी महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छिन्।

कमल थापा पक्षकी थापाले राप्रपाको आगामी महाधिवेशमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई साथ दिने बताएकी हुन्।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबाबीच लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उक्त कार्यक्रममा साथै पुगेकी रेखाले खुलेरै लिङ्देनलाई सहयोग गर्ने बताइन्।

उनले पार्टीमा युवा पुस्ताको भूमिका रहनुपर्ने बताउँदै आफूले लिङ्देनलाई साथ दिने उल्लेख गरिन्।यसअघि उनी अध्यक्ष कमल थापाको पक्षमा थिइन्। अध्यक्ष थापाको प्रतिद्वन्द्वीको रुपमा उम्मेदवार घोषणा गरेका लिङ्देनलाइै नै उनले साथ दिने भएकी हुन्।

राप्रपापको केन्द्रीय सदस्यसमेत रहेकी रेखा २०७३ सालबाट राप्रपामा लागेर राजनीति गरिरहेकी छन्। उनी त्यसअघि नेकपा माओवादी केन्द्रमा थिइन्।


प्रतिक्रिया दिनुहोस्