नेपालविरुद्ध कुवेत २७ रनमै अलआउट

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १२ : ४०


काठमाडौँ। आईसीसी महिला टी२० विश्वकप एसिया छनोटमा कुवेतले नेपाललाई जितका लागि सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

बिहीबार बिहान भएको खेलमा टस जितेर ब्याटिङ रोजेको कुवेत १५.४ ओभरमा अलआउट हुँदै २७ रन बनाएको हो।

कुवेतका लागि ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाइन्। नेपालको उत्कृष्ट तथा कसिलो बलिङसामू अन्य ब्याट्सम्यान चल्न सकेनन्। नेपालका लागि सिता मगर र कप्तान रुविना क्षेत्रीले समान २–२ विकेट लिए।

नेपाल आज कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा छ।

पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले हार्‍यो तर, दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो।

६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ।


प्रतिक्रिया दिनुहोस्