एमाले महाधिवेशनमा रौतहटबाट २८ प्रतिनिधि, प्रभु साहकी पत्नीदेखि सांसद झासम्मको उम्मेदवारी

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १२ : २२


रौतहट। नेकपा एमालेको १०औं महाधिवेशनका लागि रौतहटबाट २८ जना प्रतिनिधि चयन भएका छन्।

चितवनमा १०९१२ मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि चयन गरिएको हो।

जसमा माओवादीबाट एमालेमा आएका नेता प्रभु साहकी श्रीमती एवं मौलापुर नगरपालिकाकी मेयर रिना साहदेखि संघीय सांसद रेखा झासम्म छन्। रेखा झा हालै सभामुखमाथि माइकले प्रहार गर्न खोजेर चर्चामा आएकी थिइन्।

उपेन्द्र प्रसाद साह, राजकिशोर यादव, उमाशंकर साह, गीतादेवी साह, कुमारी बबिता साह क्षेत्र नम्बर एकबाट छन्। क्षेत्र नम्बर २ बाट मनोजकुमार यादव, अबुल कलाम आजाद, त्रिभुवन साह, कपिलदेव पटेला, परनिया देवी, शैलेन्द्र साह छन्।

त्यसैगरी क्षेत्र नम्बर ३ बाट सियाराम कुशवाह, मणिशंकर निधि, पलट चौधरी, नरेश साह नुरहा, विजय यादव, रिना साह, कान्तिदेवी महतो छन्। क्षेत्र नम्बर ४ बाट तुलसीराज गिरी, उद्धव प्रसाद रेग्मी, बिना साह, राजु धामी, वैद्यनाथ सहनी चयन भएका छन्।

दलिततर्फ राजनाथ माझी, चन्द्रेश्वर वैठा, ठगा दास, मन्दुतिया देवी रहेका छन्।


प्रतिक्रिया दिनुहोस्